खोरीबारीमा देश भ्रमणार्थ हेतु हिडेका झारखण्ड निवासी अधिराज बरुवालाई संवर्द्धना

21-07-13-Capture6-5.png

खोरीबारी: झारखण्डका निवासी अधिराज बरुआ भारत भ्रमणमा हिडेका छन्।उनलाई सानैदेखि देश भ्रमण गर्ने इच्छा रहेको थियो। यो इच्छालाई पुरा गर्नको लागि तिनी साइकलमा स्वार भएर देश भ्रमणमा निस्केका छन्। तिनले गौतम बुद्धको वाणी, शान्ति, राष्ट्रिय एकता, पर्यावरण संरक्षण र बाल विवाह बन्द गर्ने सन्देश दिँदै देशको भ्रमण गरिरहेका छन्। गत १ अक्टोबर २०२१ देखि देश भ्रमणमा निस्केका थिए भने तिनले देशको २४ वटा राज्यको भ्रमण गरेपछि आज पश्चिम बंगालको खोरीबारी आइपुगेका छन्। यस अवधि तिनलाई पानीटङ्याकी रूरल डेभलपमेन्ट तथा एजुकेशनल सोसाइटीको तर्फबाट संवर्द्धना जनाइयो। यसपछि तिनले आजनै यहाँबाट सिक्किमतर्फ प्रस्थान गरे। तिनी सिक्किम, असम, मेघालय लगायत उत्तर पूर्व भारत हुँदै आगामी १ मार्चमा झारखण्ड फर्किनेछन्। यस विषयमा अधिराज बरुआले भने, मैले आफ्नो बाबुबाट देश भ्रमणबारे सुनेको थिए। देशको सुन्दरता बारे सुनेपछि म साइकलमा सवार भएर देश भ्रमणमा निस्केको हुँ। भविष्यमा देश बाहिर जाने तिनले इच्छा व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement