कूचबिहार जिल्ला खेलकुद संघलाई नयाँ रोलर, डीएमले उद्घाटन गरे

IMG_20221118_202642.jpg

कूचबिहार: कूचबिहार जिल्ला खेलकुद संघलाई खेल मैदान तयार गर्न अत्याधुनिक रोलर मेसिन उपलब्ध गराइएको छ। क्याबबाट प्राप्त रोलर मेसिनको शुक्रबार कुचबिहार राजबारी रंगशालामा विधिवत उद्घाटन गरिएको हो। आज कूचबिहारका डीएम र जिल्ला खेलकुद संघका अध्यक्ष पवन काडियानले रोलर मेसिनको औपचारिक उद्घाटन गरे। कूचबिहार जिल्ला खेलकुद संघका सदस्यहरूले यी रोलरहरू उपलब्ध भएसँगै स्टेडियम मैदान खेलकुदका लागि थप उपयुक्त हुने विश्वास व्यक्त गरेका छन्।कुनै समय कुचबिहार ट्रफी जस्ता राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता कुचबिहारमा आयोजना गरिन्थ्यो। कूचबिहारमा धेरै ठूला क्रिकेटर आएर खेलेको उदाहरण छन्। तर अहिले यहाँ कुनै ठूलो प्रतिस्पर्धा भइरहेको छैन। यसको एउटा प्रमुख कारण भनेको पूर्वाधारको अभाव हो। जिल्ला खेलकुद संस्थाले क्याबको सहयोगमा रोलरलगायत विभिन्न उपकरणमार्फत मैदान र पिच सुधार गर्न सक्नेमा स्थानीय खेलप्रेमी आशावादी छन्।अर्कोतर्फ हवाई सेवा नचल्दा यहाँ कुचबिहार ट्रफी वा रणजी क्रिकेट प्रतियोगिता आयोजना गर्न लगभग असम्भव भएको जिल्ला खेलकुद संघका सदस्यहरू बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement