सिलगढ़ी (Siliguri) प्रीमियर लीग: महानन्दा स्पोर्टिंग क्लब सजिलै विजयी

IMG_20221118_195600.jpg

१८ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा महानन्दा स्पोर्टिंग क्लबले जीतको साथ शुरुवात गऱ्यो। कञ्चनजंघा स्टेडियममा शुक्रवार भएको म्याचमा महानन्दा स्पोर्टिंग क्लबले बान्धव संघलाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट निशाकर राई (१३औं), तारक हेम्बरम (५१औं), प्रशान्त राई (५३औं), जितेन मुर्मु (६५औं) र हेमराज भूजेल (९०औं मिनट)-ले गोल गरे। यसरी नै बान्धव संघबाट अनिश राई (सातौं) र बिकास मल्लिक (५८औं मिनट)-ले गोल गरे। महानन्दा स्पोर्टिंग क्लबका तारक हेम्बरमलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने म्याचमा सिलगढ़ी उल्का क्लब र सशस्त्र सीमा बल (एसएसबी)-बीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। थर्ड प्लेस प्ले अफ् म्याच १० दिसम्बरमा खेलिनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement