गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा सम्मान तथा शैक्षिक पुरस्कार अलङ्करण समारोह हुने

IMG-20221118-WA0287.jpg

खरसाङ: गोर्खा जन पुस्तकालय खरसाङको आयोजनामा विशेष पुस्तकालयले आफ्ना प्रायोजकहरूका सहयोगमा वर्षेनी आयोजना गर्ने सम्मान तथा शैक्षिक पुरस्कार अलङ्करण समारोह पुस्तकालयको निजी भवनमा आगामी २० नोभेम्बर आईतबारको दिन सम्पन्न गर्ने निश्चित गरेको छ। जिल्ला पाठशाला पार्षद, दार्जीलिङका अध्यक्ष विजयकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न हुने यस कार्यक्रमलाई पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ ‘निरूपम’-ले अध्यक्षता गर्नेछ। उक्त कार्यक्रममा खरसाङ महाविद्यालय र उत्तर बङ्ग विश्वविद्यालयबाट नेपाली विषयमा क्रमैले स्नातक र स्नातकोत्तर परीक्षा लगायत खरसाङ महकुमा स्तरमा माध्यमिक, उच्चतर माध्यमिक विद्यालयका परीक्षा लगायत विभिन्न विषय अनि दार्जीलिङ पोलिटेक्निक परीक्षामा शीर्षस्थ अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद राशिसहित प्रमाणपत्रद्वारा सम्मानित गरिनेछ। यसबाहेक कार्यक्रममा पुस्तकालयसँग एक आदर्श सदस्यको रूपमा संलग्न रहेर भाषा साहित्यको सेवा गर्दै २५ र ५० वर्ष पूरा गर्ने सदस्यहरूलाई पुस्तकालयको क्रमैले रजत सदस्यता अनि स्वर्ण सदस्यता प्रदान गरेर सम्मान जनाइनेछ। यसको साथै उक्त कार्यक्रममा नयाँ आजीवन सदस्यहरूलाई पनि स्मृति चिन्हसहित स्वागत जनाइनेछ।
पुस्तकालयको तर्फबाट सम्पूर्ण सदस्य, शुभचिन्तक, विद्यार्थी र विद्यालयहरूलाई यसै विज्ञप्तिमार्फत् कार्यक्रममा उपस्थित भईदिने आह्वान् पुस्ताकालयको सचिव विनोद रसाइलीले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement