खरसाङको सिविटार चियाबारी निवासी संजोग प्रधानलाई सिक्किम विश्वविद्यालयबाट मास्टर इन् कम्प्युटर एप्लिकेशनमा दुईवटा गोल्ड मेडल प्राप्त

IMG-20221118-WA0263.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको तितिरी खेल मैदान निवासी संजोग प्रधानले सिक्किम विश्वविद्यालयबाट मास्टर इन् कम्प्युटर एप्लिकेशनमा दुईवटा गोल्ड मेडल प्राप्त गर्न सफल भएका छन्। सिविटार चियाबारीको तितिरी खेल मैदान निवासी पिता दिलिप प्रधान र माता रोमा प्रधानको जेठो सुपुत्र संजोग प्रधानले सिक्किम विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेशनमा मास्टर गरेका थिए। उनलाई आज सिक्किमको गान्तोकस्थित सिक्किम विश्वविद्यालयमा सम्पन्न छैटौं दीक्षान्त समारोहमा दुईवटा गोल्ड मेडल प्राप्त गरेका छन्। संजोक प्रधानलाई मास्टर इन कम्प्युटर एप्लिकेशनमा गोल्ड मेडल साथै सिताराम जिण्डल गोल्ड मेडल पनि प्रदान गरिएको छ।

उनलाई सिक्किम विश्वविद्यालयमा सम्पन्न उपाधि एंव पदक प्रदत्ति समारोहमा विश्वविद्यालयको कुलपति डीबी शेक्ताकर र उप कुलपति अभिनास खरेको विशेष उपस्थितिमा मुख्य अतिथिको रूपमा उपस्थित सिक्किमको शिक्षा मन्त्री कुङ्का निमा लेप्चाको बाहुलीबाट दुईवटा गोल्ड मेडल प्रदान गरिएको छ। यस अवसरमा संजोग प्रधानले आफ्नो सफलतामा खुशी व्यक्त गर्दै यो सफलताको श्रेय आफ्नो प्रोफेसरहरू र माता पितालाई पनि दिएका छन्। यस अवसरमा माता पिता र भाइ पनि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement