सिलगढी: प्रहरीले ११ गाईसहित पिकअप भ्यानका चालकलाई तस्करी गर्नुअघि पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा फणसीदेवा प्रहरी चौकीले गएराति एउटा पिकअप भ्यानलाई नियन्त्रणमा लिएर खोजी गरेको थियो। खोजीका क्रममा गाडीबाट ११ गाई बरामद भएको छ। यी गाई तस्करीका लागि लगिएको थियो। यसपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने पिकअप चालक फणसीदेवा तुफान डाँगी इलाकाका सन्दीप बण्डा रहेको छ। उनलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरियो। फणसीदेवा प्रहरी चौकीले यस विषयमा अनुसन्धान थालेको छ।