गान्तोक: केन्द्रीय शिक्षा राज्य मन्त्री डा. सुभाष सरकार २० नोभेम्बरको दिन तीन दिने तीनदिने भ्रमणको लागि पश्चिम सिक्किमअन्तर्गत गेजिङ आइपुग्ने छन्। सिक्किम भ्रमणको क्रममा डा. सरकारले याङगाङस्थित सिक्किम विश्वविद्यालय परिसरको पनि भ्रमण गर्दै सिक्किम विश्वविद्यालयका अधिकारीहरूसँगको समीक्षा बैठकको अध्यक्षता गर्नेछन्। यसपछि २२ नोभेम्बरको दिन दिल्ली प्रस्थान गर्नअघि केन्द्रीय राज्यमन्त्री डा. सरकारले भिडियो कन्फरेन्सिङ मार्फत् दोस्रो रोजगार मेलाका साथमा प्रधानमन्त्रीद्वारा नियुक्ति पत्र वितरण कार्यक्रममा सहभागिता जनाउनेछन्। -पीआईबी