बलराम अधिकारी जिल्ला अध्यक्ष निर्वाचित

IMG_20221118_185823.jpg

गान्तोक: नवनिर्वाचित जिल्ला पञ्चायत सदस्य बलराम अधिकारीलाई जिल्ला अध्यक्ष निर्वाचित गरिएको छ। तिनी गान्तोक जिल्ला अन्तर्गत सामदोङ-कम्बल क्षेत्रीय समष्टिका नवनिर्वाचित जिल्ला पञ्चायत सदस्य हुन्। यसै गरी, सामलिक-नाम्ली क्षेत्रीय समष्टिकी नवनिर्वाचित सदस्य देवीमाया प्रधानलाई जिल्ला उपाध्यक्ष निर्वाचित गरियो।
राजधानीको सिच्छेस्थित पूर्व जिल्ला जिल्ला पञ्चायत भवनको सम्मेलन हलमा आज सम्पन्न जिल्ला पञ्चायत सदस्यहरूको पहिलो बैठकमा जिल्ला अध्यक्ष र उपाध्यक्षको चुनाउमा गरियो। उक्त बैठक जिल्लापाल तथा चुनाउ अधिकारी रगुल के. को अध्यक्षतामा सम्पन्न गरिएको थियो।
जिल्लापाल रगुल के. ले गान्तोक जिल्लाका नवनिर्वाचित जिल्ला पञ्चायत सदस्यहरूलाई बधाई दिए। उनले गान्तोक जिल्लामा स्थापित प्रशासनिक, लेखा अनि अभियान्त्रिकी प्रकोष्ठ रहेको बताउॅंदै राज्यको विकासका लागि सामूहिक दृष्टिकोण राखेर काम गर्न आह्वान गरे।
नवनिर्वाचित जिल्ला अध्यक्ष बलराम अधिकारीले उनलाई जिल्ला अध्यक्ष निर्वाचित गरेकोमा सबै जिल्ला पञ्चायत सदस्यहरूलाई बधाई दिए। उनले कानूनको दायरामा रहेर जनसाधरण र समाज कल्याणको निम्ति काम गर्ने छु भनी बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement