कलकत्ता भेटरन्स र सिक्किम बोइज भेटरन्स फाइनलमा

IMG_20221118_182801.jpg

१८ नोभेम्बरः कालेबुङ भेटरन्स क्लबको तत्त्वावधानमा आयोजित ढेण्डुप भूटिया स्मृति विनर अनि बीबी प्रधान स्मृति रनर अप् आठौं भेटरन्स फूटबल टुर्नामेण्ट (आमन्त्रणी)-मा शुक्रवार दुईवटा सेमिफाइनल म्याच खेलियो। मेला ग्राउण्डमा भएको पहिलो म्याचमा कलकत्ता भेटरन्सले नेपाल भेटरन्सलाई १-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा सिक्किम बोइज भेटरन्सले दार्जीलिङ टाउन भेटरन्सलाई टाई ब्रेकरमा ८-७-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। अब २० नोभेम्बरमा हुने फाइनलमा कलकत्ता भेटरन्स र सिक्किम बोइज भेटरन्सबीच भिड़न्त हुनेछ।

About Author

Advertisement