युक्रेनको मारिओपोलमा शहरमा दुई सय शव फेला परेका छन्। एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट करिब दुई सय शव फेला पारेको मारिओपोलका मेयरका सल्लाहकारले बताएका छन्। शवहरू सडेका र छिमेकमा दुर्गन्ध फैलिएको मारिओपोलका मेयर पेट्रो एन्ड्रयुश्चेन्कोले बताए। शव फेला परेको विवरण स्वतन्त्र रुपमा पुष्टि हुनसकेको छैन्। रुसले आजोभ सागरको तटमा रहेको युक्रेनको प्रमुख बन्दरगाह सहर मारिओपोलमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ। २४ फरवरीमा शुरु भएको हमलापछि रूसले कब्जा गर्न सफल भएको एक मात्र शहर हो मारिओपोल। रूसीद्वारा गरिएको बम बमबारीमा मरिओपोल शहर क्षतविक्षत बनेको छ। एजोभस्टल स्टिल कारखाना युक्रेनी प्रतिरोधको अन्तिम स्थल बनेको थियो। तर, त्यहाँको प्रतिरोध फौजले पनि अहिले आत्मसमर्पण गरेको छ।