सिलगढी: २.७७ करोडको सुनसहित तीन तस्कर पक्राउ

IMG-20221118-WA0202.jpg

सिलगढी: केन्द्रीय राजस्व गुप्तचर विभागले सुन तस्करीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। उनलाई हिजो सिलगढीको तेन्जिङ नोर्गे बस टर्मिनसबाट पक्राउ गरिएको थियो। उनीहरुकोबाट ५ केजी ३.२६ ग्राम सुन बरामद भएको छ, जसको बजार मूल्य २ करोड ७७ लाख रुपैयाँ रहेको बताइएको छ। तस्करहरुको नाम अमित खण्डेलवाल, मधुर चन्द खण्डेलवाल र राहुल गहलोत रहेका छन्। उनीहरु मुम्बई र राजस्थानका बासिन्दा हुन्। उनीहरु सबैलाई आज सिलगढी अदालतमा पेश गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *