टिंगलिंगमा च्याम्पियन्स कपः गढ़ी स्पोर्टिंगको रोमाञ्चक जीत

photocollage_20221118112820780.jpg

१८ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा गढ़ी स्पोर्टिंगले रोमाञ्चक जीत हासिल गऱ्यो। स्थानीय गढ़ी खेल मैदानमा बिहीवार भएको म्याचमा गढ़ी स्पोर्टिंगले बेलगाछी एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट निवासले ५५औं र ७३औं मिनटमा गोल गरे। यसरी नै बेलगाछी एफसी-बाट तिर्कीले ४८औं मिनटमा पेनल्टीबाट गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement