मुख्यमन्त्री तामाङले नर्थ इष्ट ओलम्पिक्सका पदक विजेता एवं प्रतिभागीहरूलाई दिए बधाई

IMG-20221117-WA0317.jpg

गान्तोक: मेघालयको राजधानी शिलङमा सम्पन्न भएको दोस्रो नर्थ इष्ट ओलम्पिक्स खेलमा पदक ल्याउने खेलाडीहरूलाई राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले बधाई साथै शुभकामना दिएका छन्। उक्त खेलमा उत्तरपूर्वी राज्यबाट ३ हजार भन्दा अधिक खेलाडीहरूले सहभागिता जनाएका थिए। गत १० नोभेम्बरदेखि शुरू भएको सो प्रतियोगितामा राज्यका ९७ जनाले विभिन्न विधामा प्रतिष्पर्धा गरेका थिए,जसमा राज्यले ५० वटा पदक जित्न सफल बनेको छ। सिक्किमले ३ वटा स्वर्ण पदक, १६ वटा रजत र ३१ वटा काँस्य पदक हासिल गरेको छ।

विशेष गरेर आर्चेरी एथलेटिक्स,बक्सिङ,बास्केटबल, ताइक्वाण्डो आदि रहेको थियो। मुख्यमन्त्रीले सिक्किम ओलम्पिक्स एसोसिएशनका सदस्यहरूले खेलकूदलाई प्राथमिकता दिँदै खेलाडीहरूलाई प्रोत्साहन दिएकोमा कृतज्ञता प्रकट गरेका छन्। उल्लेख्नीय छ, राज्य सरकार र विभागको तर्फबाट सो खेलमा स्वर्ण पदक हासिल गर्ने खेलाडीहरूलाई १५ हजार, रजत पदकको निम्ति १० हजार र काँस्य पदक विजेताहरूलाई ५ हजार प्रदान गरिने घोषणा गरिसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *