अल इण्डिया फूटबल फेडरेशनले सिक्किममा सेन्टर अफ् एक्सिलेन्स स्थापना गर्ने

IMG-20221117-WA0319.jpg

गान्तोक: अल इण्डिया फुटबल फेडरेशनका अध्यक्ष कल्याण चौबेले सिक्किमको निम्ति सेन्टर अफ् एक्सिलेन्सको स्थापना गर्ने घोषणा गरेका छन्। अध्यभ चौबेले सेन्टर अफ् एक्सिलेन्सको साथै फिफा फूटबल फर स्कूल प्रोग्रामको पनि घोषणा गरेका छन्। राज्यका प्रतिभाशाली खेलाड़ीहरूलाई अन्तरराष्ट्रिय स्तरको प्रशिक्षण राज्यमा नै दिनको निम्ति अल इण्डिया फुटबल फेडरेशनले उक्त घोषणा गरेको हो। यहाँका प्रतिभाशाली खेलाड़ीहरू राज्यबाहिर गएर प्रशिक्षण लिन नसक्ने स्थितिलाई ध्यानमा राख्दै सिक्किममा नै अन्तरराष्ट्रिय स्तरको प्रशिक्षण दिएर राष्ट्रिय अनि अन्तरराष्ट्रिय मैदानमा उनीहरूलाई उतार्नको निम्ति यो केन्द्रले सहयोग पुऱ्याउने उनले दावी गरे। फीफा, एएफएफआई अनि खेल मन्त्रालयमाझको त्रिपक्षीय समझौता अनुसारको कार्यक्रम साथै फिफा फुटबल फर स्कूल प्रोग्रामअन्तर्गत सिक्किममा पनि अब ६ देखि १२ वर्षसम्मक फुटबल खेलाड़ीहरूले प्रशिक्षणको अवसर पाउनेछन्। अल इण्डिया फुटबल फेडरेशनको यो घोषणालाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले स्वागत जनाउँदै राज्य सरकारकोतर्फबाट हर प्रकारको सहयोग पुऱ्याउने वचन दिएका छन्।

ज्ञात रहोस्, हिज राज्यको राजधानीमा अल इण्डिया फुटबल फेडरोशनको कार्यकारी समितिको सभा सम्पन्न भएको थियो। सिक्किमको इतिहासमै एएफएफआईको कार्यकारिणी सभा यहाँ सम्पन्न भएको प्रथमपल्ट हो। यसै सभामा भाग लिन अध्यक्ष कल्याण चौबे गान्तोक आएका थिए। हिज कार्यकारिणी सभाको समाप्तिपछि उनले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गर्दै राज्यमा फुटबलको गतिविधिबारे चर्चा गरे। राज्यमा फुटबल खेललाई उर्वरता दिनको निम्ति फेडरेशन तयार रहेको जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *