मारामार एफसी सेमिफाइनलमा

photocollage_2022111801358480.jpg

१७ नोभेम्बरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा मारामार एफसी, सिलगढीले सेमिफाइनलमा प्रवेश गऱ्यो। गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी रहेको यस टुर्नामेण्टअन्तर्गत मगरटोला ग्राउण्डमा बिहीवार खेलिएको रोमाञ्चक म्याचमा मारामार एफसी-ले रकमजोत एफसी-लाई पेनल्टी शूट-आउटमा ५-३-ले पराजित गर्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा रकमजोत एफसी-बाट सुजन बीके-ले गोल गरे। यसरी नै मारामार एफसीबाट सामर्थ लिम्बूले गोल गरे। विजेता टीमका सामर्थ लिम्बूलाई प्लेयर अफ द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा आकाश गहतराजले जानकारी दिएका छन्। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २२ र २३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *