कूचबिहार: तृणमूल नेता तथा उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले केन्द्रीय गृह राज्यमन्त्री निशित प्रामानिकमाथि गम्भीर आरोप लगाएका छन्। बिहीबार कुचबिहारको भेटाबारीमा तृणमूलको जनसभालाई सम्बोधन गर्दै उदयन गुहाले केन्द्रीय गृह राज्यमन्त्री निशित प्रामानिकको घरमा प्रहरीले खोजी गरे त्यहाँबाट विभिन्न हतियार बरामद हुने बताए। उनले प्रहरी कारबाहीमा निशित प्रामानिकको घरबाट बम र बन्दुक नभेटिए भेगागुरी बजारमा उभिएर जनतासँग सार्वजनिक माफी माग्ने चुनौती दिए।