अक्षर अभिलेखभित्र मणि खवास स्मृति ग्रन्थको लोकार्पण २० नोभेम्बरमा हुने

सिलगढी: पुटुङ माध्यमिक विद्यालयका भुतपूर्व प्रधान अध्यापक, भारतीय नेपाली साहित्यमा साहित्यकार, समाजसेवी एव राजनैतिक व्यक्तित्व मणि खवासको स्मृति ग्रन्थ ‘अभिलेखभित्र मणि खवास’ को लोकार्पण आउँदो २० नोभेम्बर २०२२ आइतबारको दिन सिलगढीको देवकोटा संघको भवनमा सम्पन्न हुने निश्चय भएको छ। उक्त लोकार्पण समारोहका मुख्य अतिथि साहित्यकार, साहित्य अकादमीको जेनरल काउन्सिल मेम्बर तथा नेपाली भाषा परामर्श समितिका सदस्य एवं सिक्किम नेपाली साहित्य परिषद्का उपाध्यक्ष टीबी चन्द्र सुब्बा हुनेछन् भनि स्मृति ग्रन्थका प्रधान सम्पादक डा. सुकराज दियालीले बताएका छन्। उक्त दिन लोकार्पित पुस्तकमाथि चर्चा परिचर्चाको कार्यक्रम पनि आयोजना गरिएको छ जसको  सहजकर्ता हिमालय दर्पणका प्रधान सम्पादक शिबु छेत्री र हिमाल वर्ल्डका प्रमुख पत्रकार प्रमोद गिरी रहने जानकारी पाइएको छ। उक्त दिन सिक्किम दार्जीलिङ, मिरिक, डुवर्स, सिलगढी, असम र दिल्लीका साहित्यकारहरूको पनि जमघट हुने बताउँदै उक्त कार्यक्रममा पहिलो मणि खवास स्मृति साहित्यिक पुरस्कार साहित्यकार पत्रकार एवं गीतकार मैतराज राणालाई प्रदान गरिने अनि स्मृति ग्रन्थका प्रधान सम्पादक डा. सुकराज दियाली, सम्पादक मनोहर शर्मा ‘अविनाश’  अनि अतिथि सम्पादक मण्डली गणेश कुमार प्रधान(कालेबुङ), रुबेन गुरुङ (दार्जीलिङ),शरद कुमार छेत्री (सिलगढी), सुमित्रा थामी ‘अविरल’ (दार्जीलिङ) कृष्ण पी. ठटाल (राङभाङ भ्याल्ली), टीका ढुंगेल (सिक्किम) लाई मणि खवास साहित्य सम्मानले सम्मानित गरिने बताइएको छ। स्मृति ग्रन्थमा आफ्नो बहुमुल्य रचना दिएर सहयोग पुर्याउने नब्बेजना लेखक लेखिकाहरुलाई पनि लोकार्पण समारोहमा देविका सुब्बा खवास सम्मानले सम्मानित गरिने बताइएको छ। उक्त लोकार्पण समारोहमा सबै सबैलाई उपस्थित भइदिने पनि डा.सुकराज दियालीले आह्वान गरेका छन्। स्मरण रहोस् अक्षर अभिलेखभित्र मणि खवास स्मृति ग्रन्थमा मणि खवासको जीवनी, संस्मरण,उनको शैक्षिक, सामाजिक, साहित्यिक, राजनैतिक जीवनलगायत उनका फुटकर रचनाहरू, उनले गरेका शोध पत्र आदिलाई समावेश गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *