अमेरिकाले धम्की दिएको एक घण्टापछि उत्तर कोरियाले गर्‍यो क्षेप्यास्त्र प्रहार

missile-copy-1-1

सियोल: उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी समुन्द्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छl दक्षिण कोरियाली सेनाले यो जानकारी दिएको हो। यस क्षेत्रका आफ्ना सहयोगीहरू दक्षिण कोरिया र जापानको सुरक्षामा अमेरिकाको कडा प्रतिबद्धताको जवाफमा अमेरिकाले कडा सैन्य कारबाही गर्ने धम्की दिएपछि उत्तर कोरियाले यो कदम चालेको बताएको छ। दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले एक संक्षिप्त बयानमा भने कि उनीहरूले उत्तर कोरियाले अर्को मिसाइल परीक्षणको बारेमा जानकारी पाएका थिए।

यद्यपी उनले क्षेप्यास्त्र कति दुरीमा गएको र कहाँ खसेको भन्ने बारे कुनै जानकारी दिएनन्। यसअघि, उत्तर कोरियाका विदेशमन्त्री चो सन हेले बिहीबार प्योङयाङको क्षेप्यास्त्र प्रक्षेपणलाई लिएर अमेरिका, दक्षिण कोरिया र जापानको हालै भएको शिखर सम्मेलनले कोरियाली प्रायद्वीपमा तनाव अझ अप्रत्याशित बनाउने चेतावनी दिएका थिए। चोको भनाइ अमेरिकी राष्ट्रपति जो बाइडेनको हालैका दक्षिण कोरिया र जापानी समकक्षहरूसँगको त्रिपक्षीय शिखर बैठकप्रति उत्तर कोरियाको पहिलो आधिकारिक प्रतिक्रिया थियो। शिखर सम्मेलन पछि, तीन नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गरी उत्तर कोरियाको हालैको क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गर्दै र प्रतिरोधलाई बलियो बनाउन सँगै काम गर्न सहमत भए। विज्ञप्तिमा बाइडेनले आणविक हतियार सहित सबै सैन्य माध्यमबाट दक्षिण कोरिया र जापानको रक्षा गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्याए। ‘अमेरिकाले आफ्ना सहयोगीहरूलाई जति धेरै सहयोग प्रदान गर्दछ र कोरियाली प्रायद्वीपमा उनीहरूले जति बढी उत्तेजक सैन्य गतिविधिहरू सञ्चालन गर्दछ, उत्तर कोरियाको जवाफी कारवाही त्यति नै बलियो हुनेछ’, चोले भनेका छन्। चोले उत्तर कोरियाले कस्तो कदम चाल्न सक्छ भन्ने खुलाएनन् तर भनेका छन्, ‘अमेरिकाले यस्तो जुवा खेलिरहेको छ भन्ने कुरा अमेरिकालाई राम्ररी थाहा हुनेछl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement