दोस्रो विण्टर कपः जर्जियन एफसी क्वार्टर फाइनलमा

IMG-20221117-WA0264.jpg

१७ नोभेम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा जर्जियन एफसी, कालेबुङले सजिलै जीत हासिल गरी क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा बिहीवार खेलिएको म्याचमा जर्जियन एफसी-ले रिम्बिक लोधोमा समष्टिलाई ३-०-ले पराजित गऱ्यो। म्याचको तीनैवटा गोल दोस्रो हाफमा भयो। विजेता टीमबाट प्रणय मुखियाले ५१औं, नुजोंग लेप्चाले ६०औं र विवेक थापाले ७०औं मिनटमा गोल गरे। जर्जियन एफसी-का गोलकीपर सचिन सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार खेलिने म्याचमा यूकेएफसी (खरसाङ) र नमो बुद्ध (रिम्बिक)-बीच भिड़न्त हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ३ लाख ३१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई २ लाख २१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसबाहेक हरेक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। फाइनलसम्म प्रदान गरिने प्लेयर अव् द म्याचको ट्रफीको साथमा च्याम्पियन र रनर अप् टीमलाई प्रदान गरिने ट्रफीहरू कैलाश निरौलाले आफ्नी माता नरमाया निरौलाकी नाममा डोनेट गरेका छन्। यसरी नै प्लेयर अव् द टुर्नामेण्ट हुने खेलाड़ीलाई आधा तोला सुन प्रदान गरिनेछ, जुन कैलाश निरौलाले नै स्पन्सर गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement