कालचिनी – एसएससी भ्रष्टाचार काण्डको व्यापक सम्प्रसारसितै पीएसएसी दुर्नीति मुक्ति सङ्गठनको पक्षबाट कलकत्ता टलिगञ्जमा कालचिनी बीडीओ (डब्ल्यूबीसीएस एक्जेक्यूटिभ) प्रशान्त बर्मन विरुद्ध एफआईआर दर्ता गरिएको समाचार साथै सामाजिक सञ्जालहरूमा भइरल बनेको विवादास्पद घटनाबारे आज कालचिनी बीडीओ प्रशान्त बर्मनले तथाकथित मञ्च मार्फत आफूलाई बदनाम गर्ने कुचेष्टा गरिएको र सत्यतथ्यलाई कृतिम रुपमा पेश गर्न खोज्नेहरू एकदिन महामान्य अदालतको फसेलाले चुप बन्ने जनाएका छन्।
आफू एकजना कोचबिहार जिल्लाको राजवंशी समुदायबाट डब्ल्यूबीसीएस उत्तीर्ण गरेर यो नौकरीमा आएको र यसभन्दा अघि स्कूलमा नौकरी पाएको तर डब्ल्यूबीसीएस उतीर्ण भएपछि बीडीओको पदभार लिएर कालचिनी ब्लकमा सरकारको सुख सुविधा पुऱ्याउन पब्लिक सर्भेन्टको रुपमा काम गरिरहेको कसैबाट नलुकेको जनाएका छन। कुनै एउटा संवाद माध्यमले आफूलाई विवाहित देखाएर झुटो तथ्य देखाएकोमा निन्दा व्यक्त गर्दै सबै संवाद माध्यम च्यानल खराब हुँदैनन् तर यसरी आफ्नो बारेमा बिना जानकारी कन्टेन्ट प्रस्तुत गर्नेहरू निन्दनीय रहेको बीडीओ प्रशान्त बर्मनले बताएका छन्। राजवंशी समुदायबाट पीएससी परीक्षा पास गरेको आफूले एउटा इतिहास बनेको र प्रिलिम्स र मेन्स आफूले लेखेको न कि मञ्च बनाएर कराउनेहरूले भन्दै कलकत्ता हाइकोर्टले आफ्नो पक्षमा सुनवाई गर्ने पूर्ण भरोसा रहेको बीडीओ प्रशान्त बर्मनले जनाएका छन्।
ज्ञात रहोस, कालचिनी बीडीओ प्रशान्त बर्मन विरुद्ध कथित रुपमा डब्ल्यूबीसीएस प्रिलिम्स परीक्षामा पास नगरी मेन्स परीक्षामा टपर बनेको घटनाको जाँच हुन पर्ने दाबी पीएससी दुर्नीति मुक्ति सङ्गठनले उठाएको र अहिले सामाजिक सञ्जालहरूमा यो घटनाले विवाद उत्पन्न गराएको छ। विवादको घेरोमा परेको बीडीओ प्रशान्त बर्मनले आफू एकजना पब्लिक सर्भेन्टको रुपमा काम गरिरहेको र यसमा कुनै विवाद नरहेको जनाएका छन्।










