गान्तोक: मल्ली पुलिसले प्रतिवन्धित नशालु पदार्थ सहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा टिम्बुरबुङ निवासी सुमित छेत्री र नन्दु गाउँ निवासी संसद छेत्रीकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार सुमित छेत्रीलाई मल्ली चेक पोस्टबाट पक्राउ गरिएको हो भने पुलिसले उनीबाट १२८ वटा विन्डपास्मो क्याप्सुल फेला पारेको छ। आरोपी छेत्री जाइलो वाहन एसके ०२-०२१३ मा चढेर आइरहेका थिए। सोही प्रकारले संसद राईलाई पनि पुलिसले मल्ली चेकपोस्टबाट नै जाँचको क्रममा पक्राउ गरेको हो। आरोपी राईबाट पुलिसले ५७१ वटा विन्डलास विन्सपास्मो फोर्ट क्यापसुल फेला पारेको थियो। उनी सर्विस वाहनमा यात्रा गरिरहेका थिए। पुलिसले शंकाको आधारमा जाँच गर्दा भारी मात्रमा नशालु पदार्थ फेलापारेपछि पक्राउ गरेको जनाएको छ। आरोपीद्वयविरूद्ध मल्ली थानामा सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।