दुई बीपीएल परिवारका विद्यार्थीहरूको डाक्टर बन्ने सपना मुख्यमन्त्रीले पूरा गर्ने

IMG-20221117-WA0316.jpg

गान्तोक: राज्यका गरीब मेधावी विद्यार्थीहरूले पनि आफ्नो सपना पूरा गर्न पाउनुपर्छ भन्ने सोंच राखेका मुख्यमन्त्री प्रेमसिंह तामाङले उनीहरूको सपना पूरा गर्न निरन्तर प्रयास गरिरहेका छन्। यसै क्रममा आज सोरेङ जिल्लाअन्तर्गत चुम्बुङका गरीबी रेखामुनिका दुई परिवारका मेधावी विद्यार्थीहरूलाई मणिपुरको रिम्समा अध्ययनको निम्ति मुख्यमन्त्री तामाङले आर्थिक सहयोग प्रदान गरे। जोशेफ राईकी सुपुत्री अबिक्षा राई अनि गणेश राईकी सुपुत्री इजुनिया राईले मुख्यमन्त्री तामाङलाई उनको सरकारी निवास मिन्तोकगाङमा भेट गरे। उनीहरूलाई मणिपुरको राजेन्द्र इन्स्टिच्युट अफ् मेडिकल साइन्समा अध्ययनको निम्ति वित्तीय सहयोग प्रदान गरे। मुख्यमन्त्री तामाङको पहलपछि अब उनीहरूको डाक्टर बन्ने सपना पूरा हुने निश्चित भएको छ। यस भेट अवधि मुख्यमन्त्री तामाङले भविष्यको निम्ति दुवै विद्यार्थीलाई बधाई एवं शुभकामना दिए। भेटको क्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ साथमा रहेका थिए। मुख्यमन्त्रीको पहलपछि आफूहरूको सपना पूरा हुने निश्चित देखेपछि दुवै परिवारले मुख्यमन्त्रीप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *