एक महिला साइबर क्राइमको शिकार

Cyber-Crime.jpg

गान्तोक: सिक्किमको सदर थाना क्षेत्र अन्तर्गत डॉड़ागाउॅ, तादोङ निवासी एक महिला साइबर क्राइमको शिकार बनेकी छन्। वर्क फ्रम होमको नाममा अज्ञात आरोपित (हरू) ले उक्त महिलाको हजारौं रूपियॉ ठगेको खुलासा भएको छ।

पुलिस रिपोर्ट अनुसार, राजधानीको डॉड़ागाउॅ तादोङ निवासी एक महिला साइबर क्राइमको शिकार बनेकी छन्। पीड़ित महिलाले अप्रेल २०२२ मा कथित भारत सरकारको एउटा वेबसाइटमार्फत वर्क फ्रम होमको निम्ति आवेदन गरेकी थिइन्। उनले विभिन्न सामाजिक सञ्जालहरूमा उक्त वेबसाइटको विश्वसनीयता जॉच गरेपछि मात्र कामको निम्ति आवेदन गरेकी थिइन्।

रिपोर्टमा अझ भनिएको छ, महिलालाई प्रारम्भिक प्रशिक्षणको नाममा २० हजार रूपियॉं बुझाउन लगाइयो र प्रशिक्षण पूरा भएपछि उक्त राशि फिर्ता गरिदिने विश्वास दिलाइएको थियो। तर, उनले पैसा भुक्तान गरेपछि उताबाट कुनै प्रकारको प्रतिक्रिया आएन। यसपछि, उनले आफु साइबर क्राइमको शिकार बनेको थाहा पाइन्।

पुलिसले यस सम्बन्धमा आईपीसीको धारा ४२० र आईटी एक्टको धारा ६६डी अन्तर्गत मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *