सिक्किम विश्वविद्यालयको दीक्षान्त सप्ताह-२०२२ को चौथो दिन

00-WhatsApp-Image-2022-11-17-at-7.24.57-PM

गान्तोक: सिक्किम विश्वविद्यालयको दीक्षान्त सप्ताह-२०२२ को चौथो दिन लोक संस्कृति अनि नृत्य कार्यक्रमका साथ सम्पन्न भयो। यस अवसरमा शिक्षा, कानून तथा संसदीय मामिला अनि भू राजस्व एवं आपदा प्रबन्धन मन्त्री कुङ्गानिमा लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसका साथै कूलपति लेफ्टिनेन्ट जेनरल (अवकाशप्राप्त) डीबी शेकटकर पनि विशेष रूपमा उपस्थित थिए। कार्यक्रमको शुभारम्भ विश्वविद्यालयको स्थापनादेखि हालसम्मको यात्राको विवरण रहेको वृत्तचित्रको प्रदर्शनीसँगै भएको थियो। यसपछि विश्वविद्यालयको सङ्गीत, लेप्चा, भोटिया अनि लिम्बू विभागका विद्यार्थी अनि सङ्काय सदस्यहरूले पूर्वोत्तर हिमालयको समृद्ध सांस्कृतिक धरोहर प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।

मुख्य अतिथिका रूपमा उपस्थित राज्यका शिक्षा मन्त्रीले सिक्किम विश्वविद्यालयद्वारा आयोजित दीक्षान्त सप्ताहले शैक्षणिक समुदाय र विशेष गरी समाजलाई आवश्यक प्रेरणा दिने बताए। यसका साथै उनले विद्यार्थीहरूलाई आफ्नो भावी प्रयासका लागि पनि बधाई दिए। विशेष रूपमा उपस्थित विश्वविद्यालयका कूलपति ले.जे. शेकटकरले विश्वविद्यालयलाई सफलताको कामना गरे। कार्यक्रममा विश्वविद्यालयका विद्यार्थी अनि सङ्काय सदस्यका साथमा सम्मानित अतिथिहरू उपस्थित थिए। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *