राज्यको वन मन्त्री ज्योतीप्रिय मलिकसँग जीटीए डेलिगेसनको भेट

IMG-20221117-WA0288.jpg

दार्जिलिङ: काेलकत्ता भ्रमणमा रहेका जीटीएको कार्यकारी सभासदहरूको विभागीय मन्त्री एवं मुख्य सचिवहरूसंग भेट्ने क्रम जारी छ। आज सभासद अरूण सिगजी,अनोश थापा एवं विश्वास गुरूङको डेलिगेसनले सिँचाई मन्त्रीलाई भेटेपछि अर्को सौजन्य भेट वन मन्त्री ज्योतीप्रिय मलिकसँग भेट गरेका छन्।
सभासद अरूण सिंगचीले पहाडमा रहल फरेष्ट भिलेजहरूको पर्जापट्टाको मुद्दालाई जोड दिए। त्यसरी नै हात्तीको आक्रमणले धन जनको नोक्सान भएको हुनाले त्यसलाई पनि पहल गर्न पर्ने कुरा राखे।
मन्त्रीले जीटीए डेलिगेसनको कुरा राम्ररी सुनेर आगामी २९-३० नोभेम्बर पहाड आएर सभा गर्ने भएको बताएको जानकारी प्राप्त भएको छ। त्यसको साथै हात्ती अनि गाउँलेहरूलाई जोगाउन हात्ती करिडरको निर्माण गर्ने जानकारी दिए। हात्ती एवं गाउँलेहरूलाई जोगाउन भोलेन्टियर बेसिसमा सरकारबाट गजमित्र नियुक्ति गर्ने भएको छ। यसको साथै सोलर एनर्जीको पनि मन्त्रालय उनको हातमा नै भएको हुनाले फरेष्ट भिलेज, स्कूल, कलेजहरूको निम्ति सोलर प्यानलको स्किम बनाउने सुझाव दिए। मन्त्रीबाट उचित पहलको आश्वसन पाएपछि जीटीए डेलिगेसनले मन्त्रीजलाई धन्यवाद ज्ञापन गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement