अलिपुरद्वार जिल्ला अस्पतालका डाक्टरहरू ३ जना नवजात शिशुहरूको जीवन फर्काउन सफल

179ffe05-0d1d-4b82-9bb1-71be2d3798cf


कालचिनी – लगातार ३ महिनासम्म अलिपुरद्वार जिल्ला अस्पतालका एसएनसीयू विभागका डाक्टर र स्वास्थ्यकर्मीको अथक प्रयासले अन्ततः ३ जना नवजात शिशुहरूले नयाँ जीवन पाउन सफल भएको छ। बिहीबार ती ३ जना नवजात शिशुका आमाहरू अनामिका रोय, प्रेमिका उराँव र हिरामती खड़िया आफ्नो स्वास्थ्य सन्तान लिएर मुस्कुराउँदै घर फर्किए। गत ३ महिनाअघि यी तीनैजना गर्भवती आमाहरूले अलिपुरद्वार जिल्ला अस्पतालमा ३ वटा प्रिम्याच्योर बच्चा जन्माएको थियो। जन्मकालदेखि नै ती तीनै शिशुहरूको अवस्था राम्रो थिएन।ती शिशुहरूको जिल्ला अस्पतालको एसएनसीयूमा उपचार चलिरहेको थियो भने शिशुहरू कुपोषण, मुटुको समस्या र रोग प्रतिरोधात्मक क्षमताको कमीका कारण गम्भीर अवस्थामा उपचाराधीन थियो।


ती नवजात शिशुका अभिभावकहरूले सन्तान फिर्ता हुने आशा छाडे़का थिए भने अब आर्थिक अभावको कारण नवजातको जीवन फिर्ता गर्न असमर्थ बोध गरिसकेको थियो। त्यतिखेर जिल्ला अस्पतालका चिकित्सक औ स्वास्थ्य कर्मीहरूले चुनौती लिएर एसएनसीयूमा नै शिशुहरूको उपचार चलाइरहेको थियो। लगभग तीन महीना अथक प्रयासले अन्ततः ती ३ जना नवजात शिशुहरूले नयाँ जीवन प्राप्त गरेपछि अन्ततः चिकित्सक र स्वास्थ्य कर्मचारीहरूले हर्षबोध गरेका छन्। मृत्युको मुखबाट ती तीनैजना शिशुहरुलाई फिर्ता गर्न सफल भएपछि अलिपुरद्वार जिल्ला अस्पतालका अधिकारीहरूले बिहीबार बच्चाहरूलाई स्वास्थ्य अवस्थामा उनीहरूका परिवारलाई हस्तान्तरण गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *