दार्जिलिङ पुलिसको आयोजनामा खरसाङमा सेफ ड्राइभ सेभ लाईफ कार्यक्रम सम्पन्न

IMG-20221117-WA0259.jpg

खरसाङ: दार्जीलिङ पुलिसको आयोजना अनि खरसाङ ट्राफिक पुलिसको तत्वावधानमा खरसाङमा सेफ ड्राइभ सेभ लाईफ कार्यक्रम सम्पन्न भयो। यस अवसरमा खरसाङको मोटर स्टयाण्डबाट एउटा रैली निकालिएको थियो। रेलीमा पुलिस, ट्राफिक पुलिस, सिभिक भोलिन्टियर, विभिन्न विद्यालयका विद्यार्थी, पुलिस व्याण्ड, खरसाङ मारवाड़ी युवा मञ्च, लायन्स क्लब सदस्यहरू, विभिन्न सेण्डिकेटका चालकहरू सहभागी रहेका थिए। रेलीमा सहभागीहरूले सड़क सुरक्षा अथवा सेफ ड्राइभ सेभ लाईभको नारा लगाउँदै वर्द्धवान रोड भएर शहर परिक्रमा गरेका थिए। शहर परिक्रमापछि रेली पुनः मोटर स्टयाण्डमा पुगेर समापन भयो। यस रेलीमा खरसाङ ट्राफिक ओसी दोर्जी शेर्पा, लायन्स क्लब खरसाङका अध्यक्ष विनम्र गोयङ्‌का, सचिव विकास गोयल, मारवाड़ी युवा मञ्चका अध्यक्ष तनुज गर्ग, सचिव नेहाल एरोन, पुलिस अधिकारी, विभिन्न विद्यालयका शिक्षक-शिक्षिकाहरू उपस्थित थिए। यस कार्यक्रम अन्तर्गत गोर्खा जनपुस्तकालय भवनमा एउटा रक्तदान शिविरको पनि आयोजना गरिएको थियो। शिविरमा पुलिस, ट्राफिक पुलिस, चालकवर्ग, लायन्स क्लब, मारवाड़ी युवा मञ्चका सदस्यहरू अनि साधारण मानिसहरूले रक्तदान गरेका थिए। खरसाङ महकुमा अस्पताल, लायन्स क्लब तराई अनि मारवाड़ी युवा मञ्चको सहयोगमा सम्पन्न यो रक्तदान शिविर अस्पतालका डाक्टर पीके पोद्दार अनि अस्पताल ब्लड ब्याङ्ककी परिचारिका तारा छेत्रीको देखरेखमा सम्पन्न गरिएको थियो। शिविर अनि सेफ ड्राइभ सेभ लाईफको बारेमा बताउदै खरसाङ ट्राफिक ओसी दोर्जी शेर्पाले भने, जनसाधारणलाई सड़क सुरक्षाको बारेमा सचेत गराउनको लागि सेफ ड्राइभ सेभ लाईफको कार्यक्रम आयोजना गरिएको हो। हामीले यो कार्यक्रम यस पल्ट मारवाड़ी युवा मञ्च, लायन्स क्लब र खरसाङ महकुमा अस्पतालको सहयोगमा सम्पन्न गरेका छौं। यस कार्यक्रम अन्तर्गत बिहान रेलीको आयोजना गरियो। रेलीको समाप्तीपछि रक्तदान शिविरको आयोजना गरेका छौं। खरसाङ महकुमा अस्पतालमा रगतको कमी रहेको हामीले जानकारी पाएका थियॉंैं। यसैले रक्तदान शिविरको आयोजना गर्ने निर्णय गऱ्यॉंैं। यो शिविरबाट १ सय युनिट रगत संकलन गर्ने हामीले लक्ष्य राखेका थियौंँ, रक्तदान गर्न आएका कतिपय मानिसहरूमा रक्तचॉंप अनि अन्य कतिपय समस्याहरू पाइएकोले हामी १ सय युनिट नभए तापनि ९०-९५ युनिटसम्म रगत संकलन गर्न समर्थ हुनेछौंँ भन्ने लागेको छ। यस शिविरबाट संकलन गरिएको रगत खरसाङ महकुमा अस्पतालको रगत राख्ने क्षमता अनुसार ३०-३५ युनिट रगत अस्पताललाई दिनेछॉंैं अनि रहल रगत लायन्स क्लब तराईलाई दिनेछॉंैं। तिनले अझ भने, दुर्घटनामा घाइते बनेका मानिस अनि अन्य बिमारीको कारण सिकिस्त रहेकाहरूलाई रगतको आवश्यकता पर्दछ। समयमा रगत नपाए घाइते व्यक्ति अथवा बिमारीको ज्यान पनि जान सक्छ। यसैले हामीले रक्तदान शिविको आयोजना गरेका हॉंैं। रक्तदान गर्नु पुण्यको कार्य पनि हो।

लायन्स क्लब खरसाङका अध्यक्ष विनम्र गोयन्काले रक्तदान शिविर ट्राफिक पुलिस खरसाङसित मिलेर लायन्स क्लबले आयोजना गरेको बताउदै ३० युनिट रगत खरसाङ महकुमा अस्पताललाई दिइने अनि रहेको रगत लायन्स क्लब तराईलाई दिइने बताए। शिविरमा रक्तदान गर्ने कसैलाई रगत चाहिएको खण्डमा शिविरमा प्रदान गरिएको प्रमाण पत्र लिएर लायन्स क्लबको ब्लड ब्याङ्कमा गए सित्थैमा रगत प्राप्त गर्न सकिने पनि बताए। तिनले रगत कहिले कुन मानिसलाई चाहिन्छ भन्न नसकिने बताउदै रगत संकल गरेर संरक्षण गरेर राख्न पर्नेछ। लायन्स क्लबले यस प्रकारको शिविर वर्षमा २-३ पल्ट पुलिस अनि अन्य निकायहरूसित मिलेर गरिरहेको पनि तिनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *