दागोपापकालमा नै शिवखोलामा बनिएको गेस्ट हाउस प्रयोगविहीन जीर्ण अवस्थामा

IMG-20221117-WA0258.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत शिवखोला ग्राम पञ्चायतभित्र पर्ने लोवर सिमरिङ शिवखोलामा दागोपापकालमा नै निर्माण गरिएको गेस्ट हाउस हालमा जीर्ण अवस्थामा रहेको छ। वर्तमानमा कुनै विभागको नजरदेखि टाड़ा साथै ओझेलमा रहेको यो गेस्ट हाउस अहिले खण्डहरमा परिणत भएको छ। सन् १९९५ सालतिर नै दागोपापद्वारा निर्मित उक्त गेस्ट हाउस कुनै प्रयोगबिना नै खण्डहरमा परिणत भएको छ। केही समय अघि स्व सुवास घिसिङको सुपुत्र एंव वर्तमान गोरामुमो अध्यक्ष मन घिसिङले उक्त क्षेत्रको निरीक्षण भ्रमण गरेर यस क्षेत्रमा दागोपापकालमा नै निर्माण गरिएको स्वास्थ्य केन्द्र र गेस्ट हाउसको पनि निरीक्षण गरेका थिए। दैनिक समाचार पत्र हिमालय दर्पणले पनि लोवर सिमरिङको शिवखोलामा रहेको स्वास्थ्य केन्द्रको विषयमा लगातार रूपमा धेरैपल्टसम्म समाचार प्रेषित गर्दै आएका छन्। त्यसताक दागोपाप कार्यपाल सुवास घिसिङले उक्त गेस्ट हाउस उट्घाटन गरेको स्थानीय लोवर सिमरिङ शिवखोला निवासी जीएस तामाङले जानकारी दिएका छन्। उनले यसबारेमा भने, ‘शिव खोला जस्तो विकट ठाउँमा सडक मार्ग, स्वस्थ्य चौकी, बिजुली बत्ती ल्याउने पनि सुवास घिसिङनै हुन्। वर्तमान समयमा यस क्षेत्र एक पर्यटन क्षेत्रमा विकसित हुँदै गएको तर यस क्षेत्रलाई सही रेखदेख नहुँदा हाम्रो क्षेत्रवासी दुःखित बनेका छन्।’

जीएस तामाङका भनाई अनुसार काउन्सिल गेस्ट हाउसलाई सही ढंगले मरम्मति गरिदिए पुनः संचालन गर्न सकिन्छ तर जीटीएले यसलाई कुनै चासो नदेखिएको उनको गुनासो रहेको छ। जीटीए पहाडमा भित्रिएपछि शिवखोलामा पुल निर्माण गरिदिने धेरै वाचाहरु गरे, नेताहरु आए पनि तर केवल आश्वासन मात्र दिए अनि बनभोज खाएर गए।यस क्षेत्रलाई सही रेखेदेख गरिएको खण्डमा एउटा पर्यटक स्थल बनिन सक्छ यहाँका स्थानीय बासिन्दाहरुको आय स्रोत बड्ने ठूलो सम्भावना रहेका छन्। यति मात्र होइन शिव खोला एक धार्मिक स्थल पनि हुन्। हामी चहान्छौ जीटीएले यस क्षेत्रलाई संरक्षण गरिदियोस। यस क्षेत्रवासीले राजनैतिक भेदभाव पनि धेरै सहनु परेको छ। जीटीएले विकास गर्छु भनेर हल्ला मात्र गर्‍यो तर बनिएको कुरालाई मर्मत समेत गर्नु सकेन भनि जीएस तामाङले गुनासो समेत पोखेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *