२७ मईः भारतका रोहन बोपन्ना र सानिया मिर्जाले बिहीवार आ-आफ्नो जोड़ीदारसँग मिलेर पेरिसमा जारी फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टमा क्रमशः पुरुष र महिला युगलमा विपरीत अन्दाजमा जीत दर्ता गरे। बोपन्ना र नीदरल्याण्डका एम मिडेलकूपकको जोड़ीले आन्द्रे गोलुबेव र फेब्रिस मार्टिनको जोड़ीलाई सीधा सेटमा पराजित गरी प्री-क्वार्टर फाइनलमा स्थान बनायो। त्यसपछि सानियाले चेक गणराज्यकी लूसी ह्राडेकासँग मिलेर शुरुवाती राउण्डमा इटलीकी जेस्मिन पाओलिनी र मार्टिना ट्रेविसानको जोड़ीलाई तीन सेटमा पराजित गरिन्।

सोह्रौं वरीयता प्राप्त बोपन्ना र मिडेलकूपको जोड़ीले एक घण्टा ६ मिनटसम्म चलेको म्याचमा ६-३, ६-४-ले जीत दर्ता गऱ्यो। बोपन्ना यसअघि रोलाँ ग्यारोमा २०११, २०१६, २०१८ र २०२१-मा फाइनलमा पुगेका थिए। यसरी नै सानिया मिर्जा र लूसीले जेस्मिन र मार्टिनालाई एक घण्टा ५८ मिनटसम्म चलेको म्याचमा ४-६, ६-२, ६-१-ले पराजित गरिन्। यसबीच रामकुमार रामनाथन र उनका अमेरिकी जोड़ीदार हण्टर रीसले चाहिँ पुरुष युगलको दोस्रो राउण्डमा हारको सामना गर्नु पऱ्यो। रामनाथन र रीसको जोड़ीलाई नीदरल्याण्डका वेस्ले कूलोफ र ब्रिटेनका नील स्कुपस्कीको जोड़ीले सीधा सेटमा ६-३, ६-२-ले पराजित गऱ्यो।










