२७ मईः अर्जेण्टिनाका महान फूटबल खेलाड़ी डिएगो म्याराडोनाको सम्मानमा चाँड़ै आकाशमा फ्लाइंग म्यूजियम (संग्रहालय) उड़िरहेको देखिनेछ। बुधवार राति टेंगो डी१०एस विमान पेश गरियो, जुन अर्जेण्टिनाको विभिन्न स्थलहरूमा जानेछ अनि म्याराडोनाका प्रशंसकहरूलाई मैदानमा आउनको निम्ति प्रेरित गर्नेछ। फूटबलका राजपूत्र म्याराडोनाको २०२०-मा ६० सालको उमेरमा मस्तिष्कको सर्जरीपछि हृदयाघातले गर्दा निधन भएको थियो। विमानको बाहिरी हिस्सामा म्याराडोनाको तस्वीर लगाइएको छ। यसमा १९८६-को त्यही तस्वीर छ, जसमा उनले अर्जेण्टिनाको जर्सी लगाएर विश्व कप ट्रफी चुमिरहेका छन्। यो विमान बार्सिलोना र नेपल्स पनि जानेछ, जहाँ म्याराडोनाको अगुवाईमा नापोलीले १९८७ र १९९०-मा आफ्नो अहिलेसम्मको दुईवटा इटली लीग (सेरि ए) खिताब जितेको थियो। विमानको अन्तिम स्थल कतर हुनेछ, जहाँ यस साल फीफा विश्व कपको आयोजन हुनेछ। विमानभित्र म्याराडोनासँग सम्बन्धित वस्तुहरू रहनेछ।










