नेपाल भेटरन्स र ईष्ट कलकत्ता भेटरन्स सेमिफाइनलमा

photocollage_20221117183210644.jpg

१७ नोभेम्बरः कालेबुङ भेटरन्स क्लबको तत्त्वावधानमा आयोजित ढेण्डुप भूटिया स्मृति विनर अनि बीबी प्रधान स्मृति रनर अप् आठौं भेटरन्स फूटबल टुर्नामेण्ट (आमन्त्रणी)-मा बिहीवार अन्तिम दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। मेला ग्राउण्डमा भएको पहिलो म्याचमा नेपाल भेटरन्सले मालदा भेटरन्सलाई ५-२-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा ईष्ट कलकत्ता भेटरन्सले म-जोरबंग्लो भेटरन्सलाई टाई ब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस भेटरन्स टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच १८ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement