सिलगढ़ी प्रीमियर लीग: देशबन्धु स्पोर्टिंग यूनियन सजिलै विजयी

IMG-20221117-WA0202.jpg

१७ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा देशबन्धु स्पोर्टिंग यूनियन (डीएसयू)-ले सजिलै जीत हासिल गऱ्यो। कञ्चनजंघा स्टेडियममा बिहीवार भएको म्याचमा देशबन्धु स्पोर्टिंग यूनियनले सशस्त्र सीमा बल (एसएसबी)-लाई ५-३-ले पराजित गऱ्यो। विजेता टीमबाट सौरभ तामाङ एक्लैले ४ गोल गरे। यसबाहेक एक गोल प्रतीक लामाले छिराए। यसरी नै एसएसबी-बाट जामखोपाओ तूथांगले २ अनि सिद्धेश्वरले १ गोल गरे। डीएसयू-का सौरभ तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार खेलिने म्याचमा महानन्दा स्पोर्टिंग क्लब र बान्धव संघबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। थर्ड प्लेस प्ले अफ् म्याच १० दिसम्बरमा खेलिनेछ।

फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement