कूचबिहार: कूचबिहार जिल्ला तृणमूल कांग्रेस अध्यक्ष अभिजित दे भौमिकले आज तृणमूल कांग्रेसको १६ ब्लकका ब्लक अध्यक्षहरूको नाम घोषणा गरे। आज, कुचबिहार जिल्ला तृणमूल कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर १६ ब्लकका ब्लक अध्यक्षहरूको नाम घोषणा गरियो।तृणमूल कांग्रेसका जिला अध्यक्ष अभिजित दे भौमिकले ब्लक अध्यक्षको नाम घोषणासँगै आज पत्रकार सम्मेलन गरेर गृह राज्यमन्त्री निशित प्रामानिकमाथि हमला गरे। गृह राज्यमन्त्री निशित प्रामाणिकको नाममा पक्राउ पुर्जी जारी गरिएको उनले बताए। उनको नाममा सुन पसलमा चोरीको मुद्दा दर्ता भएको छ। यो कुचबिहार र भारतका जनताका लागि लज्जास्पद कुरा हो। त्यसैले आजदेखि निशित प्रामाणिकको राजीनामा र गिरफ्तारीको माग गर्दै प्रत्येक ब्लकमा सडक सभा गरिने भएको छ।