लुङसेल बस्तीमा पिउने पानीको शिलान्यास सम्पन्न

IMG-20220527-WA0009.jpg

गोरूबथान। गोरूबथान खण्डको एक ग्राम पन्चायत हो पोख्रेबुङ ग्राम पञ्चायत । यसै ग्राम पन्चायत अधिनस्थ रहेको गाउँहरू हुन माथिल्लो लुङसेल, दोरिङ, मालिटार, मास्टर गाउँ र मिथुन गाउँ।यस गाउँमा पिउने पानीको समस्या थियो।यसै समस्यालाई समाधान गर्न हेतु पिउने पानीको शिलान्यास कार्यक्रम सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ।

यस महत् कार्यक्रममा गोरूबथान महकुमा भागोप्रमो युवा महासचिव अशोक छेत्रीको उपस्थिति रहेको थियो।यसै गरी गोरूबथान जोन दुईका भागोप्रमो अध्यक्ष पेमा योञ्जनले विधिवत रुपमा नरिवल फुटाएर पिउने पानी आयोजनाको शिलान्यास गरेका थिए।भागोप्रमो पार्टीका लुङसेल शाखा सभापति रोशन लेप्चा, सचिव सुकविर तामाङ, दुर्गाबहादुर ठकुरी, प्रदीप ठकुरी लगायत शाखा युवा समितिका प्रशन ठकुरी, छ्योसाङ तामाङ, टेकबहादुर ठकुरी, सामुएल लेप्चा, ईन्द्र तामाङ, सिमसन लेप्चा, सुकराज लेप्चा, याकुब लेप्चा आदिको यस कार्यक्रममा सहभागी रहेको थियो।
यसै भेकका पुरोहित भानुभक्त न्यौपानेले विधिवत रुपमा पुजा गरी शुरु भएको कार्यक्रमलाई अशोक छेत्रीले सञ्चालन गरेको थियो।यस शिलान्यास कार्यक्रममा अध्यक्ष पेमा योञ्जनले सम्बोधन गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *