सिलगढी: भक्तिनगर प्रहरी चौकी क्षेत्र अन्तर्गत सिलगढीको आशिघर टर्नमा रहेको एक हार्डवेयर पसलमा गएराति चोरी भएपछि पूरै क्षेत्रमा सनसनी फैलिएको छ। पसल सञ्चालक श्यामल साहले भने, ‘हिजो राति ९ः३० बजेसम्म किनमेल गरेपछि पसल बन्द गरेर घर गएँ। आज बिहान पसल खोल्दा लुटेराले पसलको छानाको टिन खोलेर ल्यापटप, मोबाइल फोन र पैसा चोरेको पाइएको थियो। प्रहरीले पसलमा राखिएका सिसिटिभी फुटेजसहित अन्य धेरै कुराको जाँच गरी चोरसम्म पुग्ने प्रयास गरिरहेको छ। चोरीको घटनाले यस क्षेत्रका अन्य व्यापारीमा त्रासको वातावरण छ।