सिचांई मन्त्री पार्थ भौमिकलाई सभासद अनिश थापा र अरुण सिंग्चीले भेट गरे

IMG_20221117_154342.jpg

मिरिक: जिटीएका डेलिगेसनले जल मार्ग मन्त्रालयको मुख्यालय जलसम्पद‌‌ भवनमा सिंचाई मन्त्री पार्थ भौमिकसित सौहार्दपूर्ण भेटघाट गर्यो। यस टोलीमा जिटीए सिँचाई एवं जलमार्ग बिभाग कार्यकारी सभासद अनोश थापा, जिटीए स्वास्थ्य बिभाग कार्यकारी सभासद अरूण सिग्ची,पश्चिम बंगाल मार्फत जिटिएको लियाजो अफिसर सौरिक अनि बिश्वास गुरूग उपस्थित थिए।यस भेटमा उनीहरुले मन्त्रीलाई पहाडको समस्या बिषय अवगत गरायो।पहाड भूस्खलन क्षेत्र हो।यहाँ बर्खाको मौसममा पहिरोले धेरै ज्यानमालको नोक्सान हुन्छ। यसको रोकथामको लागि जिटीएले बनाएको प्रोजेक्टहरू पनि मुख्य सचिव मार्फत हस्तान्तरण गरे। त्यसरि नै पहाडबाट बग्ने ठूला ठूला नदी एवं खोलाहरूमा भूसंखलन रोकथाम गर्न बाध बाध्न फण्ड आवटन गर्ने अनुरोध गरे। मन्त्री महोदयले यस डेलिगेसनको समस्यालाई ध्यान पूर्वक सुने पछि यस बिषयमा पहल शुरू गर्ने आश्वसन पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement