दिल्ली: दिल्लीमा सञ्चालित गोर्खा विश्वकर्मा कामी यूथ ट्रस्टले आफ्नो पहिलो स्थापना दिवस बुधबार पालन गर्यो। दिल्लीको सफदरजङ्ग एन्क्लेब स्थित गोर्खा भवनमा आयोजित समारोहमा दिल्लीभरीका विभिन्न सङ्घ-संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। ट्रस्टका संस्थापक तथा सभापति किरण किशोर रसाईलीद्वारा अध्यक्षता गरिएको समारोहमा मुख्य अतिथि ‘हाम्रो स्वाभिमान ट्रस्ट’का संस्थापक एडवोकेट प्रेम छेत्री थिए। विशिष्ट अतिथिहरूमा क्रमशः योग गुरु शिवलाल ज्ञवाली, एडवोकेट अमृत सिंचुरी, मोडेल रिचर्ड रसाईली उपस्थित थिए। ट्रस्टको माध्यमबाट कामी समुदायको मात्र नभई सम्पूर्ण गोर्खाहरू, मानव सेवा अनि देश सेवामा समर्पित रहेको संस्थाको उक्त समारोहमा सामाजिक कार्यकर्ताहरू दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीकी संस्थापिका प्याट्रिसिया निकोलस, वरिष्ठ संयोजिका नोमी खाती, उपाध्यक्षा सुष्मा गोम्स, महासचिव रोशनी कालिकोटे, सचिव दीपा तिखत्री, वरिष्ठ समाजसेवी मनोज शंकर, गोर्खा शहीद सेवा समितिका अध्यक्ष एंड्रयू गुरूङ्ग, वरिष्ठ समाजसेवी राजु शंकर, गोर्खा परिवारकी निशा लामा, युवा समाजसेवी आकाश रामुदामुलगायत अन्यान्यको उपस्थिति रहेको थियो। समारोहमा एडवोकेट प्रेम छेत्रीले गोर्खा विश्वकर्मा कामी यूथ ट्रस्ट पञ्जीकरण प्रमाण-पत्र पनि प्रदान गरे। यो समारोहलाई सफल पार्न ट्रस्टका महासचिव उपेन गजमेर, उपाध्यक्ष किरण विश्व, उप सचिव अमित धमाला, कोषाध्यक्ष रतन बराईली, सह कोषाध्यक्ष रोमन धमाला, सञ्चार प्रभारी धीरज रसाईली र रिवश खाती अनि प्रमुख सल्लाहकारद्वय अजय सिंचुरी तथा योगेन खातीको विशेष योगदान रहेको थियो।