सिलगढी: विद्याक निरज जिम्बाद्वारा गोरामुमो संस्थापक अध्यक्ष स्व० सुवास घिसिङको निम्ति पद्म पुरस्कारको निम्ति मा गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्राचार गरेका छन्। उनले पत्रमा उल्लेख गर्दै लेखेका छन्, ‘२४ सेप्टेम्बर२०२२ को दिन बागडोग्रा सेना सुरक्षा हवाई अड्डामा हाम्रो बैठक र छलफलमा मैले विनम्र अनुरोध गर्दै दिग्गज राष्ट्रवादी गोर्खा नेता सुवास घिसिङको निम्ति पद्म पुरस्कारको (मरणोपरान्त) अनुरोध गरेको थिएँ। हजुरको सद्भाव र सहयोगको अपेक्षा राख्दै पत्राचार गर्दछु मैले सबै औपचारिकता अनलाइन नामांकन प्रक्रिया पूरा गरिसकेको छु। मैले आधिकारिक प्रक्रिया आवेदन प्रतिलिपि संख्या १७४६०० पत्रमा हजुरको प्रक्रिया साथै तयारीको सन्दर्भको निम्ति समावेश गरेको छुl’
विधायक निरज जिम्बाले सुवास घिसिङको बारेमा थप जानकारी गराउँदै लेखेका छन्, ‘भारतीय गोर्खा समुदायमा राजनैतिक चेतना र पहिचानको भावना जगाउने श्रेय सुवास घिसिङलाई मायाले ‘आप्पा’'(बाबु) भनेर चिनिन्छ।उनी भारतीय गोर्खा समुदायलाई राष्ट्रिय मुलधारमा एकीकरण गर्ने अग्रगामी नेता थिए। एउटा अग्लो कद भएको नेता, सुवास घिसिङ गोर्खा समुदायमा राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने, सामाजिक, राजनैतिक र साहित्यिक योगदानका निम्ति परिचित छन्। उनले सन् १९८० को दशकमा भारतभित्र गोर्खाहरुको निम्ति छुट्टै राज्य गोर्खाल्याण्डको माग आन्दोलन शुरु गरेका थिए। भारतीय गोर्खा समुदायको राजनैतिक र पहिचानका मुद्दाहरूमा आफ्नो योगदानका अलवा सुवास घिसिङले २० भन्दा बढी पुस्तकहरु पनि लेखेका छन्। उनले आफ्नो लेखनबाट गोर्खा समुदायमा राष्ट्रियताको एउटा बलियो भावना जगाए। वहाँको कार्यहरुले तत्कालीन समाजलाई प्रदार्पण मात्र मात्र गर्दैन, तर कम्पासको रुपमा कार्य गर्दछ र समाजलाई राम्रो भविष्यतर्फ दिशा निर्देश गर्न मद्दत गर्दछ। महोदय, पद्म पुरस्कारले सुवास घिसिङको योगदानलाई उचित र धेरै योग्यको मान्यता दिनेछ र हाम्रो देश भरि बासोबास गर्ने १.५ करोड भारतीय गोर्खा समुदायमा गर्व र देशभक्तिको भावना जगाउने यात्रा लामो समय सम्म चल्नेछ। सुवास घिसिङको महान र निस्वार्थ सेवालाई ध्यानमा राख्दै गोर्खा समुदायको उत्थानको निम्ति प्रतिष्ठित पद्म पुरस्कारको निम्ति व्यक्तिगत रुपमा मनोनयन गरिदियाजाहोस् भनि हजुरले स्वयं विचार गरिदिन आग्रह गर्दछुl’ पत्रमा विधायक निरज जिम्बाले यसरी बिन्ती गरेका छन्।