१७ नोभेम्बरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा एमएमएफसी जूनियरले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी रहेको यस टुर्नामेण्टअन्तर्गत मगरटोला ग्राउण्डमा बुधवार खेलिएको रोमाञ्चक म्याचमा एमएमएफसी जूनियरले बीवाईसी, झापा (नेपाल)-लाई पेनल्टी शूट-आउटमा ४-३-ले पराजित गर्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। अब बिहीवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा मारामार एफसी सिलगढी र रकमजोत एफसी-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा आकाश गहतराजले जानकारी दिएका छन्। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २२ र २३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा हुनेछ।