सिलगढी: केन्द्रीय यातायात मन्त्री नितिन गडकरी बिहीबार सिलगढी पुगेका छन्। उनी आज बिहान दिल्लीबाट बागडोगा विमानस्थलमा अवतरण गरी सडक मार्गबाट कार्यक्रम स्थलमा पुगेका थिए। उनीसँग दार्जिलिङका सांसद राजु बिष्टलगायत भाजपाका सबै नेता र प्रशासनिक अधिकारीहरू उपस्थित थिए।केन्द्रीय मन्त्री नितिन गडकरीले आज सिलगढीको दगापुर फुटबल मैदानमा बालासनदेखि सेवक आर्मी क्याम्पसम्म चार लेनको सडक निर्माण परियोजनाको शिलान्यास गर्नेछन्। बालासनदेखि सेवक आर्मी क्याम्पसम्म चार लेनको सडक निर्माण भएपछि सिलगढीका जनतालाई दार्जिलिङ मोडमा जामको समस्याबाट सदाका लागि छुटकारा मिल्नेछ।

दार्जिलिङका सांसद राजु विष्टका अनुसार बालासनदेखि सेवक आर्मी क्याम्पसम्म चार लेनको सडक निर्माणको काम ३ सय दिनमा सम्पन्न हुनेछ। सिलगढी र पहाडका जनताले १० महिना मात्र कुर्नु पर्नेछ। सांसदले भने कि नोभेम्बर १७ सिलगढी र पहाडका बासिन्दाहरूको लागि ऐतिहासिक दिन हुन गइरहेको छ।