१७ नोभेम्बरः इण्डियन प्रीमियर लीग (आईपीएल)-को फ्रेञ्चाइजी पञ्जाब किंग्सले भारतका पूर्व टेस्ट ओपनर वसीम जाफरलाई एक सालको अन्तरालपछि आउँदो सीजनको निम्ति फेरि ब्याटिंग प्रशिक्षक नियुक्त गऱ्यो। जाफर २०१९-देखि २०२१-सम्म पञ्जाब किंग्सका ब्याटिंग प्रशिक्षक थिए तर उनले २०२२-को लिलामी अघि पदबाट राजीनामा दिएका थिए। पञ्जाब किंग्सले गत वर्ष ब्याटिंग प्रशिक्षकको रूपमा पावर हिटिंग प्रशिक्षक मार्क वुडको सेवा लिएको थियो। यसपाली जाफर फेरि टीममा फर्किएका छन्। पञ्जाब किंग्सले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलले जाफरलाई ब्याटिंग प्रशिक्षक नियुक्त गरिएको जानकारी दिँदै लेखेको छ, जसको हामी सबैलाई प्रतीक्षा थियो। हाम्रो ब्याटिंग प्रशिक्षक वसीम जाफर।