दोस्रो विण्टर कपः कञ्चनजंघा एफसी क्वार्टर फाइनलमा

IMG-20221117-WA0103.jpg

१७ नोभेम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा सिलगढ़ीको कञ्चनजंघा फूटबल क्लबले जीतको साथ शुरुवात गऱ्यो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा बुधवार खेलिएको उद्घाटन म्याचमा कञ्चनजंघा एफसी-ले सञ्जु फूटबल एकाडमी, सोमबारे (सिक्किम)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट आतिश राईले २४औं अनि गोलकीपर निगम सिंहले अन्तिम क्षणमा गोल गरे। आतिश राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने म्याचमा रिम्बिक लोधोमा समष्टि र जर्जियन एफसी, कालेबुङबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ३ लाख ३१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई २ लाख २१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसबाहेक हरेक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। फाइनलसम्म प्रदान गरिने प्लेयर अव् द म्याचको ट्रफीको साथमा च्याम्पियन र रनर अप् टीमलाई प्रदान गरिने ट्रफीहरू कैलाश निरौलाले आफ्नी माता नरमाया निरौलाकी नाममा डोनेट गरेका छन्। यसरी नै प्लेयर अव् द टुर्नामेण्ट हुने खेलाड़ीलाई आधा तोला सुन प्रदान गरिनेछ, जुन कैलाश निरौलाले नै स्पन्सर गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement