१७ नोभम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा लेकसाइड एफसी-ले सजिलै जीत हासिल गऱ्यो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा बुधवार भएको म्याचमा लेकसाइड एफसी-ले बेलगाछी एफसी-लाई ५-०-ले पिट्यो। विजेता टीमबाट रोशन रावतले ह्याट्रिक गरे। यसबाहेक नीमा भूटिया र रितेश छेत्रीले १-१ गोल गरे। बिहीवार खेलिने म्याचमा चेंगा एफसी र सिंगबुली एफसी-बीच भिड़न्त हुनेछ। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।