माया मेमोरियल फूटबल टुर्नामेन्ट: लेकसाइड एफसी विजयी

IMG-20221117-WA0097.jpg

१७ नोभम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा लेकसाइड एफसी-ले सजिलै जीत हासिल गऱ्यो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा बुधवार भएको म्याचमा लेकसाइड एफसी-ले बेलगाछी एफसी-लाई ५-०-ले पिट्यो। विजेता टीमबाट रोशन रावतले ह्याट्रिक गरे। यसबाहेक नीमा भूटिया र रितेश छेत्रीले १-१ गोल गरे। बिहीवार खेलिने म्याचमा चेंगा एफसी र सिंगबुली एफसी-बीच भिड़न्त हुनेछ। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement