सिलगढी: केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले आज सिलगढीको दगापुर फुटबल मैदानमा बालासनदेखि सेवक आर्मी क्याम्पसम्म चार लेनको सडक निर्माण परियोजनाको शिलान्यास गर्ने छन्। कार्यक्रमको तयारी पूरा भएको छ। बालासनदेखि सेवक आर्मी क्याम्पसम्म चार लेनको सडक निर्माण भएपछि सिलगढीका बासिन्दाहरूलाई दार्जिलिङ मोडमा जामको समस्याबाट सदाका लागि छुटकारा मिल्नेछ।दार्जिलिङका सांसद राजु विष्टका अनुसार बालासनदेखि सेवक आर्मी क्याम्पसम्म चार लेनको सडक निर्माणको काम ३ सय दिनमा सम्पन्न हुनेछ। सिलगढी र पहाडका जनताले १० महिना मात्र कुर्नु पर्नेछुउडृ। सांसदले भने कि नोभेम्बर १७ सिलगढी र पहाडका बासिन्दाहरूको लागि ऐतिहासिक दिन हुन गइरहेको छ।