गान्तोकमा राष्ट्रिय प्रेस दिवस पालन

IMG-20221116-WA0392.jpg

विभिन्न क्षेत्रमा योगदान दिने पत्रकारहरू पुरस्कृत

गान्तोक। सिक्किम सरकारको सूचना एवं जनसम्पर्क विभागको तत्वावधानमा आज राजधानीको चिन्तन भवनमा राष्ट्रिय प्रेस दिवस २०२२ पालन गरियो। कार्यक्रममा सूचना एवं जनसम्पर्क साथै पर्यटन एवं नागरिक उड्डयन मन्त्री बीएस पन्त मुख्य अतिथि रहेका थिए। यसरी नै शहरी विकास विभागका मन्त्री एलबी दास, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, विधायकगण, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत साथै अन्यको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। उल्लेखनीय छ, प्रत्येक वर्ष १६ नोभेम्बरको दिन देशभरि राष्ट्रिय प्रेस दिवस पालन गरिन्छ। सिक्किम राज्यमा सूचना एवं जनसम्पर्क विभागले यस दिन कार्यक्रम आयोजना गर्ने गरेको छ।
सधैं जस्तो यस वर्ष पनि राष्ट्रिय प्रेस दिवसको अवसरमा सूचना एवं जनसम्पर्क विभागद्वारा स्व. वाइएन भण्डारी श्रेष्ट पत्रकार पुरस्कार साथै अन्य तीनवटा पुरस्कार प्रदान गरियो। यस वर्षको स्व. वाइएन भण्डारी श्रेष्ट पत्रकार पुरस्कार राज्यका एक वरिष्ट पत्रकार वाङ्गचुक भोटियालाई प्रदान गरियो जो हाल गान्तोकबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक सम्मिट टाइम्सका सम्पादक हुन्। यसरी नै आजको कार्यक्रममा जलवायु परिवर्तन, महिलाहरू सम्बन्धित मुद्दा अनि मानवाधिकारमाथि कलम चलाउने तीनजना पत्रकारलाई पनि मुख्यमन्त्री पुरस्कारद्वारा पुरस्कृत गरियो। यी पुरस्कारहरूले पुरस्कृत हुने पत्रकारहरूमा क्रमैले सिलगढ़ीबाट प्रसारित हुने डिजिटल मिडिया दी हिमाल वर्ल्डका सिक्किम संवाददाता होमनाथ दबाड़ी, हाम्रो वार्ता टेलीभिजनका सम्पादक दिवस राई र राष्ट्रिय न्यूज एजेन्सी हिन्दुस्तान समाचारका सोरेङ जिल्ला संवाददाता सरोज गुरुङ रहेका छन्। अर्कोतिर आज नै प्रेस क्लब अफ् सिक्किमले प्रत्येक वर्ष प्रदान गर्ने ग्रामीण पत्रकारिता पुरस्कार पनि प्रदान गरियो। यस वर्षको ग्रामीण पत्रकारिता पुरस्कार गेजिङका युवा पत्रकार प्रितम लामा गुरुङलाई प्रदान गरियो जसले विगत करिब एक दशकले ग्रीमण पत्रकारिताको क्षेत्रमा कलम चलाउँदै आएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बीएस पन्तले राज्यका सबै पत्रकारहरूलाई राष्ट्रिय प्रेस दिवसको शुभकामना व्यक्त गर्दै पत्रकार अनि पत्रकारिताको हितमा सम्बन्धित विभागहरूमा आवश्यक सुधार र परिवर्तनमाथि जोर दिए। यस सम्बन्धमा उनले विशेष गरेर वित्त वभागको कार्यप्रणालीमा परिवर्तन गरिनुपर्ने बताए। मुख्यमन्त्री प्रेम सिंह तामाङ पनि यस विषयमा सकरात्मक रहेको बताउँदै सरकार पत्रकारहरूको विकासलाई लिएर कटिवद्ध रहेको उनले थप बताए।
आजको कार्यक्रममा सिक्किम विश्वविद्यालयकी मास कम्यूनिकेशन विभागकी प्राचार्य डा. निहारिका बुरागोहाइले यस वर्षको राष्ट्रिय प्रेस दिवसको विषय डिजिटलको घेराबन्दीमा पत्रकारिता-माथि वार्ता पेस गरिन् भने मुख्य अतिथि अनि अन्य अतिथिहरूको बाहुलीबाट सूचना एवं जनसम्पर्क विभागद्वारा तयार पारिएको भोटिया भाषाको नयाँ टाइपिङ फण्टको लोकार्पण पनि गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *