मुख्यमन्त्रीले गरे जीओसीका लेफ्टिनेन्ट जनरलसँग भेट

IMG-20221116-WA0391.jpg

गान्तोक: जीओसी त्रिशक्ति करप्सका लेफ्टिनेन्ट जनरल भीपीएस कौशिकले आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग भेट गरे। उनले मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङमा मुख्यमन्त्रीसँग भेट गर्दै विभिन्न विषयमाथि छलफल गरेको विज्ञप्तिमा जनाइएको छ। यस अवसरमा विशेष गरेर सुरक्षा, विकास आदि विषयमाथि छलफल गरिएको बताइएको छ। भेटको क्रममा मुख्यमन्त्रीले सेनाद्वारा गरिएको कार्यप्रति आभार व्यक्त गर्दै यसले राज्यलाई नै लाभ पुगेको बताए। भेटको क्रममा मेजर जनरल गम्भीर सिंह लगायत सेनाका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *