युनाइटेड ब्रोबटर्स कालेबुङ अघिल्लो चरणमा प्रवेश

IMG-20221116-WA0390.jpg

गान्तोक: दोस्रो मन्त्री स्वर्ण कप दरामदिन खेलकूद संघको तत्वावधानमा सोम्बारिया स्कूलको खेलमैदानमा आयोजित खुल्ला फुटबल टुर्नामेन्टमा सिलगढी युनाइटेडको चुनौती समाप्त भएको छ। टुर्नामेन्टको तेस्रो दिन युनाइटेड ब्रोबटर्स कालेबुङले सिलगढी युनाइटेडलाई २ गोलको विरुद्ध ६ गोलले परास्त गरेको छ। दर्शकहरुको अपार समर्थन पाएको सिलगढी युनाइटेड अपेक्षा अनुरुप खेल प्रदर्शन गर्न सकेनन्। अर्कोतिर युनाइटेड ब्रोबटर्स कालेबुङले उत्कृष्ट खेल प्रदर्शन गरी दर्शकहरुको मन जित्न सफल बन्यो। बिजेता युनाइटेड ब्रोबटर्स कालेबुङले क्वाटर फाइनलमा प्रवेश गरेको छ। भोलि सिक्किम हिमालयन एफसी बनाम दार्जीलिङ पुलिस बीच भीडन्त हुने आयोजक समितिले जानकारी दिएको छ।

उल्लेख्य, यस टुर्नामेन्टका बिजेता टिमलाई पाँच लाख र उपविजेता टिमलाई तीन लाख रुपियाँसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ। सोम्बारिया स्कूलको खेलमैदानमा आयोजित आजको कार्यक्रममा जलस्रोत बिकास बोर्डका अध्यक्ष पेमा शेर्पा प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *