गान्तोकमा अल इण्डिया फूटबल फेडरेशनको कार्यकारिणी समितिको सभा सम्पन्न

IMG-20221116-WA0389.jpg

गान्तोक: सिक्किमको राजधानी गान्तोकमा आज अल इण्डीया फूटबल फेडरेशनको कार्यकारिणी सभा सम्पन्न भयो। यो सभामा भाग लिनको निम्ति अल इण्डिया फूटबल फेडरेशनका अध्यक्ष कल्याण चौबे लगायत कार्यकारिणी समितिका २५ जना सदस्यहरू सिक्किम आइपुगेका थिए। तिनीहरूलाई सिक्किम फूटबर एसोसिएशनका अध्यक्ष लगायत अन्य सदस्यहरूले सिक्किमको प्रवेशद्वार रम्फूमा आधिकारिक रुपमा स्वागत जनाए।

आज बिहान एफएफआई अध्यक्ष कल्याण चौबेले यहाँको टीएनए फूटबल मैदानमा सम्पन्न भइरहेको बेबी लीगमा भाग लिए। उनलाई त्यहाँ एसएफए, खेलकुद विभागका अधिकारीगण, खेलकूद फाउण्डेशनका सदस्यहरूले स्वागत जनाए। उनलाई बेबी लीगमा भाग लिइरहेको खेलाड़ीहरूसँग खैल मैदानमा नै अन्तरक्रिया गर्दै हौसला प्रदान गरे।

राज्यबाट नै व्यवसायिक खेलाड़ीहरू तयार गर्ने उद्देश्यले शुरूदेखि नै बेबी लीगको आयोजन गरिएको एसएफएका अध्यक्ष मेन्ला इथेन्पाले जानकारी गराएका छन्। अल इण्डिया फूटबल फेडरेशनको कार्यकारिणी समितिको सभा सिक्किममा आयोजना हुनु सिक्किम राज्यको निम्ति नै गौरवको कुरा रहेका उनले जानकारी गराए। सिक्किममा नै आयोजित कार्यकारिणी समितिको सभाले सिक्किमको निम्ति धेरै फायदा पुग्ने उनले विश्वास व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *