अम्बटे चियाबारीमा द्वारे सरकार क्याम्प सम्पन्न

duare_sarkar.jpg

खरसाङ: आज अम्बटे चियाबारीको जगसिंग गाउँ सार्वजनिक भवनमा खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायतको आयोजनामा पश्चिम बंगाल राज्य सरकारद्वारा आयोजित द्वारे सरकार क्याम्प सम्पन्न गरियो। उक्त क्याम्पमा विशेषगरी बिजुलीको बील लगायत प्राणी विकास सम्पदा, लक्ष्मी भण्डार, बैंकिङ्ग सुविधा, एससी, एसटी, अन्य पछौटे वर्ग लगायत राशिन कार्ड आदिको सुविधाहरू प्रदान गरियो। त्यसबाहेक क्याम्पमा खरसाङ आईसीडीएस प्रकल्प मार्फत आईसीडीएस कर्मचारीहरूद्वारा पौष्टिक आहार सम्बन्धमा जागरुक गराउँदै खाद्यहरूको प्रदर्शनी पनि राखिएको थियो भने स्वस्थ्य सम्बन्धी सहायता प्रदान गर्न स्वस्थ्य विभागका कर्मचारीहरू, डाक्टर अनि आशा कर्मचारीहरू विशेष रूपले उपस्थित थिए। त्यस बाहेक स्थानीय विभिन्न स्वनिर्भर दलहरूद्वारा स्टलहरू पनि राखिएको थियो। उक्त क्याम्पमा पाण्डु ग्राम पञ्चायतका सचिव सागरराज छेत्री लगायत विभिन्न विभागीय कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *