भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा विनय सुब्बाको नेतृत्वमा २३८ परिवार सामेल

IMG_20221116_222014.jpg

बिजनबारी: विनय सुब्बा गोर्खा जनमुक्ति मोर्चा पुल बजार बिजनबारी गोल समष्टिको पुर्व संयोजकले आफ्नो सैकडौ समर्थकहरुको साथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन। आज नयाँ नोर अधिनस्त तुम्बायोक सार्वजनिक खेल मैदानमा आयोजित बृहत् समर्थन कार्यक्रमबिचमा पार्टी अध्यक्ष अनित थापाको हातबाट भागोप्रमोको झण्डा ग्रहण गर्दै सुब्बा लगायतको टोली प्राथमिक सदस्यको रूपमा पार्टीमा सामेल भएका हुन। कार्यक्रममा पार्टी अध्यक्षवाहेक उपाध्यक्षहरु सतिश पोख्रेल प्रमोष्कर ब्लोन महासचिव अमर लामा प्रबक्ता एस पी शर्मा जीटीए उपाध्यक्ष राजेस चौहान महकुमा समिति अध्यक्ष आलोककान्तमणी थुलुङ समष्टि सभासद भुपेन्द्र छेत्री चुङथुङ मेरिबोङ तामसाङ समष्टि सभासद सन्दिप छेत्री रेलिङ कैजले समष्टि महासचिव अमर सुब्बा लगायत पुल बिजनबारी गोक समष्टि कमिटीका सदस्यीयहरु लगायत सर्वसाधारण पार्टी समर्थकहरुको बाक्लो उपस्थिति थियोे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *